काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०९, २०७७

मंगलबार देशभर ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

काठमाडौं उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । 

काठमाडौंमा उपत्यकाका २४ घन्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरमा १४ जना रहेका छन् ।