लोकसंवाद संवाददाता | समाचार | भदौ १०, २०७७
पाटन अस्पताल र बाँकेमा १–१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
उनको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि २३ साउनदेखि उपचाररत थिए ।
उता बाँकेमा बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।