थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०७७

पर्सा र रुपन्देहीमा गरी थप २ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ  । 

पर्साको नारायणी अस्पतालमा पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

उनी स्वास्थ्य समस्या भएपछि ८ भदौंमा अस्पताल भर्ना भएका थिए । 

उता बुटवलको कोरोना अस्पतालमा पनि १ संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । लामो समयदेखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थिए । 

५ भदौमा कोरोना संक्रमण भएको पुष्टि भएका उनको ६ भदौदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।