५२ जना संक्रमित थपिए, ५ महिने बालकमा पनि कोरोना

५२ जना संक्रमित थपिए, ५ महिने बालकमा पनि कोरोना

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ११, २०७७

चितवनमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एक ५ महिने बालक समेत रहेका छन् । 

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

भरतपुर अस्पतालमा १५९ नमुनाको परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको छ । जसमा १४ जना रत्ननगर नगरपालिकाका, ९ जना माडी नगरपालिकाका, २ जना भरतपुर महानगरपालिकाका र १ जना तनहुँको देवाघाट गाउँपालिकाका रहेका छन् । 

चितवन मेडिकल कलेजमा १ सय ५५ नमुना परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ । जसमा नवलपुरका ३, सर्लाहीका २, तनहुँका १ र २० जना चितवनका रहेका छन् । 

चितवनका २० जनामध्ये १६ जना भरतपुर महानगरपालिकाका र ४ जना रत्ननगरका रहेका छन् ।