चितवनमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा शुक्रबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १२, २०७७

चितवनमा शुक्रबार थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिकाकाका–१२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका १ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या ५१३ पुगेको छ ।