जातिय हिंसा बन्द गर्न मोर्चाको ध्यानाकर्षण (बक्तब्यसहित)

जातिय हिंसा बन्द गर्न मोर्चाको ध्यानाकर्षण (बक्तब्यसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १२, २०७७

काठमाडौं । देशमा भैरहेको जातिय हिंसाका सम्बन्धमा जात व्यवस्था उन्मुलन मोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ । 

एक प्रेस बक्तब्य जारी गर्दै मोर्चाले रौतहट जिल्लाको गरुडामा भएको निरन्जन रामको हत्याको अनुसन्धानमा चन्द्रकला रामगादे लगायत अन्यमाथि भएको कुटपिटको घटनाको जिक्र गरेको छ । 

साथै गणतन्त्र स्थापनको १३ वर्षमा २७ जना दलितको हत्या भएको सम्बन्धमा पनि उसले निन्दा एवं आपत्ति प्रकट गरेको छ ।

मोर्चाले देशव्यापी रुपमा भैरहेका यस्ता जातिय विभेदका घटनामा संलग्नलाइ कारवाही तथा पीडितलाइ क्षतिपूर्ति सहित न्याय प्रदान गर्न पनि सरकारसँग जोडदार माग गरेको छ ।

२०७७ भदाै १२ गते जरी गरेकाे बक्तब्यकाे पूर्णपाठ