वीरगञ्जमा ६५ वर्षीया कोरोना संक्रमितको मृत्यु

वीरगञ्जमा ६५ वर्षीया कोरोना संक्रमितको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७७

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिला रहेकी छन् । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर अस्पताल भर्ना गरिएकी महिलाको कोरोना संक्रमण पुष्टि भएको थियो ।  योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

न्युन रक्तचापको समस्या समेत भएकी ती महिलामा झाडापखालाको समस्या देखिएको थियो । उपचारका क्रममा उनको साँझ साढे ७ बजेतिर निधन भएको हो ।