कोरोना भाइरस सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

कोरोना भाइरस सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १३, २०७७

चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । 

शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षीया गर्भवतीमा १० भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पतालले जनाएको छ । 

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमण नसरोस् भनेर पूर्वतयारी गरेर अप्रेसन गरिएको थियो ।