स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १४, २०७७

स्याङ्जामा  एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेतिर चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना भएको हो ।

काठमाडौंबाट चापाकोट जादै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना भएको हो । दुर्घटनामा क्रममा चापाकोट–९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो ।

सो दुर्घटनामा चापाकोट–९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् ।