कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु

कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १४, २०७७

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी २८ साउनदेखि उपचाररत थिए । 

उपचारका क्रममा २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।