ज्ञानेन्द्र गदाल | साहित्य | भदौ १४, २०७७
धिपधिप बलिरहेथ्यौ, प्रकाश छरिरहेथ्यौ
श्रष्टाहरूको मनमा, ज्योति भरिरहेथ्यौ
उठेछ आज चोला, नश्वर त्यो देह त्यागी
कवि बनेर देशको, गाथा गाइरहेथ्यौ ।
जहाँजहाँ संसारमा, नेपलीको पाइला पुग्छ,
तिम्रो सिर्जनामा तिमी, बाँचिरहेका हुन्छौ
जबसम्म अस्तित्व छ, नेपाल र नेपालीको
चन्द्र-सूर्य झण्डासँगै, नाचिरहेका हुन्छौ ।
सयौँ वर्ष बाँच्ने आशिष तिमीलाई नै लागे सबै
जति रोप्यौ साहित्यका बिउहरू जागे सबै
साहित्यको बगैँचामा लटरम्म फुलेका छौ
मीठामीठा फल भई, बोटैभरि झुलेका छौ ।