लोकसंवाद संवाददाता | विदेश | भदौ १४, २०७७
चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा २९ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको घोषणा गरेका छन् ।
शनिबार बिहान दुई तले होटल भत्किदा १७ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते समाचार आएको थियो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् । सो घटनाको छानबिनका लागि एक समिति गठन गरिएको छ ।