लोकसंवाद संवाददाता | समाचार | भदौ १४, २०७७
ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् ।
उनले आइतबारदेखि नगर प्रहरी प्रमुखका रुपमा काम गर्न थालेका हुन् । नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट अवकास पाएका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित बनेका थिए ।
हाल ललितपुरको नगर प्रहरीमा करिब १५ जना कार्यरत रहेका छन् । यो संख्या बढाएर ७२ जना बनाउने तयारी छ । त्यसमा ३ जना प्रहरी निरीक्षक हुनेछन् । जसको नेतृत्व हाछेथुले गर्नेछन् ।