आयल निगमद्वारा पेट्रोलको मूल्य वृद्धि, प्रतिलिटर १०७ पुग्यो

आयल निगमद्वारा पेट्रोलको मूल्य वृद्धि, प्रतिलिटर १०७ पुग्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १६, २०७७

नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । वृद्धि गरिएको मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ । 

डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । 

निगमले मूल्य बढाए पनि भारतका तुलनामा नेपालमा पेट्रोलको मूल्य ३२ रुपैयाँ कम रहेको जनाएको छ । निगमले १ सेप्टेम्बर २०२० मा बढाएको मूल्यसूचीका आधारमा समायोजन भएको निगमले जनाएको छ । 

यसअघि ३२ साउनमा निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ वृद्धि गरेको थियो ।