सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान

सांसद बस्नेतद्वारा मोटरसाइकल प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ १८, २०७७

भक्तपुर । कोभिड–१९  रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन  सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका ७ गुण्डु प्रहरी प्रभागमा कार्यरत प्रहरीलाई मोटरसाइकल हस्तान्तरण  गर्नुभएको छ । 
उहाँले  सो प्रभागका प्रमुखलाई  आज मोटरसाइकल  प्रदान गर्दै  अग्रभागमा रहेर  काम गर्न प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । सांसद बस्नेतले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।