शैलेन्द्र साकार | साहित्य | भदौ १८, २०७७
अमेरिकाको भर्जिनिया राज्य गएर कसैले लुरे गुफा हेरेन भने उसले भर्जिनियामा केही पनि हेरेन भनिदो रहेछ । अमेरिका पुग्ने प्रत्येक व्यक्तिलाई राजधानी वासिङ्गटन पुग्न निकै चासो हुने गर्दछ, यो स्वभाविक पनि हो । भर्जिनिया वासिङ्गटनबाट आधा घण्टा मात्र पर भएकोले यसपल्ट भर्जिनिया जाने र बस्ने तारतम्य मिल्यो हामीलाई । अनानडेल (भर्जिनिया)मा राजु श्रेष्ठ (जेठी सासुको छोरा) इन्दिरा (उनकी पत्नी)छोरी संज्ञा र दीपा (जेठानकी छोरी) र ज्वाईं राजबाबु सबैले एकै स्वरले भने—जानै पर्छ लुरे गुफा । इन्दिराले गाडी हाँकिन र अनाउडेलबाट करिब २ घण्टा मात्र लाग्ने गुफातिर लाग्यौं, उतै ‘लन्च’ खाने भनेर । खास गुफा पुग्नेबेला सुचना केन्द्रसँगै रहेको खानाकोे पसलमा पिज्जा खाएर हल्लदैँ हामी गुफा पस्नेहरुको लस्करमा मिसियौं ।
आफ्नो पालो आएपछि टिकट काटेर भित्र पसेपछि हामीलाई लाग्यो यो त एउटा आश्चर्य नै रहेछ । पथ पर्दशकले भने अनुसार २–३ सय वर्ष अगाडि नै यो पत्ता लागेको थियो र त्यही बेला देखिनै यो गुफा एउटा आश्चर्यको रुपमा रहीरहेको रहेछ । तीन वर्ष जति अगाडि लेखिका रुकु कार्कीले आफ्नो एउटा नियात्रा पुस्तक मलाई पढ्न दिएकी थिइन । त्यहाँ रहेका थुप्रै निवन्धहरु मध्ये एउटा निबन्धको शीर्षक थियो-लुरे गुफामा फनफनी । त्यो लेख त्यहीबेला पढेको भए पनि राम्ररी बुझेको रहेनछु मैले । अहिले यो छर्लङ्ग भयो ।
बाहिरबाट हेर्दा त्यति आङ् सिरिङ्ग पार्ने खालको गुफा छ भनेर अलिकति पनि अनुमान गर्नसम्म नसकिने ।
चट्टानहरु आफैं जन्मिदै, हुर्किदैं र मर्दै गरेको दृश्य देखियो । ढुङ्गाहरु पनि सजीव –प्राणी झैं जन्मिने, हुर्कने, गफ गर्ने र मर्ने गर्दा रहेछन् । ढुङ्गाहरु आँफै थाम भएर छानाहरुलाई थामेको पनि देखियो । हिन्दुहरु त्यसै मूर्ति पूजक भएका होइनन् । प्रत्येक चट्टान समूहलाई शिवलिङ्ग भनेर पूजा गरे पनि हुने जस्तो । हिन्दुहरुका ३३ करोड देवताहरु सबै यहीं रहेछन् ।
पर्यटकहरुलाई आफू गुफा माथि नै घुमिरहेको रहेछु भनेर थाहासम्म नहुने । एकपल्ट पस्न ३० जना जतिको जत्था चाहिने रहेछ । त्यति पुगिसके पछि ज्येष्ठ नागरिक जति सबैलाई विशेष छुट दिएर क्रमबद्ध सुरु भयो—वाचाल ढुङ्गाहरु हेर्ने एउटा नयाँ अनुभव । भर्जिनियामा हेर्न लायक ठाँउ यही नै रहेछ । अरु चिटिक्क परेका घरहरु, रुखहरु र सफा सुग्घर बाटाहरु कति हेर्नु ? त्यो त अमेरिकाभरि जताततै छन् ।
कुनै प्रकारको भुईँचालो कहिल्यै नआएको १० तला जति अग्लो अभेध चट्टानको गजबको संसार रहेछ त्यहाँ । चट्टानहरु आफैं जन्मिदै, हुर्किदैं र मर्दै गरेको दृश्य देखियो । ढुङ्गाहरु पनि सजीव –प्राणी झैं जन्मिने, हुर्कने, गफ गर्ने र मर्ने गर्दा रहेछन् । ढुङ्गाहरु आँफै थाम भएर छानाहरुलाई थामेको पनि देखियो । हिन्दुहरु त्यसै मूर्ति पूजक भएका होइनन् । प्रत्येक चट्टान समूहलाई शिवलिङ्ग भनेर पूजा गरे पनि हुने जस्तो । हिन्दुहरुका ३३ करोड देवताहरु सबै यहीं रहेछन् ।
हामीलाई यहाँसम्म ल्याईदिने बुहारी इन्दिराले ठिकै भनेकी रहिछन् । हिन्दुहरु यहाँ असाध्य भावुक भएर रोएको देखेकी छु । पैसा चढाएको पनि देखेकी छु । मेरा आमा बुबा यहाँ पसेर चट्टान हेर्नसाथ रुँदै दर्शन गरेर बाहिर आउनु भयो भावुक भएर । यो क्रिश्चियन मुलूकमा यो अद्भुत देवताहरुको दर्शन पाउनु पनि विचित्र नै हो । अन्त्यमा हिन्दु मन्दिरमा जस्तै ढ्याके पैसा या आँफूसँग कुनै मुद्रा कुवामा फालेर आँफूले वरदान माग्ने पनि चलन रहेछ । क्रिश्चियनहरु पनि हामी जस्तै धर्मभीरु । त्यहाँ एकै दिनमा जम्मा भएको ढ्याक देखेर एक दिनको आम्दानीको कल्पना गर्न सकिन्छ । सारा मानिसहरु यहाँ आईपुगेर अश्रुसिक्त हु्ँदा रहेछन् ।
अहिलेसम्म कसरी अडिरहेको छ यो गुफा ? कुनै दैवी अथवा प्राकृतिक शक्तिले उभ्याएको छ यसलाई ? पग्लिरहेको प्रस्तर माथिबाट तप् तप् पानी पनि चुहीरहेको । हुर्की रहेको बालक प्रस्तर,तन्नेरी प्रस्तर, वृद्धावस्थातिर लागेर टुक्रिन लागेको प्रस्तर, मृत्यु शैयामा ढल्केको प्रस्तर ।
ईश्वर जस्तै जन्मियो भने
ईश्वर जस्तै मर्यो भने
ढुङ्गाहरुको बिचबाट नयाँ मान्छे, ईश्वर या राक्षस ?
यो गुफाको ऐतिहासिक पृष्ठ पल्टाउने हो भने हामी सन् १८०४ मा पुग्छौं । बिचमा सानो तिनो परिवर्तन भए पनि अहिलेसम्म खासै ठूलो परिवर्तन भएको छैन यहाँ ।
जहाँ इतिहास गहिरोसँग दौडन्छ– त्यो हो लुरे गुफा ।
ठ्याक्कै २१६ वर्ष पुरानो गुफामा झण्डै दिनभर बिताइयो । आजसम्म कुनै पनि भुईँचालोले यसलाई हल्लाउन सकेको छैन
प्रसिद्ध इतिहासविद् जोन मुर पनि यहाँ आएर भावुक भएका रहेछन्, यसरी–
When I reached the valley, all the rocks seemed Talkative, and more lovable Then ever. They are dear friends and I love them with a love intensified by long and close companionship. -John muir
यति पढेर बुझेपछि व्याख्या जरुरी छ ?