लोकसंवाद संवाददाता | समाचार | भदौ १९, २०७७
ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र आज बिहान ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। बिहान ४ बजेदेखि सुरु भएको कर्फ्यू राति १० बजेसम्म कायम रहने छ ।
रातो मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीयबासी र प्रहरीबीच दिनभर भिडन्त भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाउने निर्णय गरेको हो ।
कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले घर बाहिर निस्कन दिएका छैनन् । अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई समेत चेकजाँचमा कडाई गरिएको छ भने सडकमा बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
कर्फ्यू जारी भएको क्षेत्रमा घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने अधिकार दिइएको छ ।