लोकसंवाद संवाददाता | समाचार | भदौ १९, २०७७
गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका १६, लमजुङका ३, बागलुङ, स्याङ्जा र तनहुँका १–१ जना रहेका छन् । संक्रमित भएकामध्ये ७ जना नेपाल प्रहरीका जवान रहेका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।