शेखर अर्याल | साहित्य | भदौ १९, २०७७
दलानमा अडेस लगाएर बसेका उनले मोबाइलमा फोन गर्दै थिए । 'हेलो, के छ छोरी ! यस वर्षको तीज त त्यत्तिकै होला जस्तो छ त ?'
छोरीले फोन मै 'तीज ठुलो कि जीवन ! पहिला त हामी बाँच्नुपर्छ अनि पो चाडपर्व मनाउनु राम्रो 'भन्दै फोन राखिन् ।
'चाडवाड त फेरिफेरि पनि मनाइन्छ तर जीवन गयो भने ! यस कुराले बाबाको मनमा उब्जेको ज्वाला शान्त भयो ।
बुहारी यो साल त विश्वभर नै कोरोनाको विगविगी भयो । पल्लो गाउँमा पनि कोरोनाले एक वृद्धाको मृत्यु भएको खबर सुनियो ।छोरीलाई नआउन भन्न खोजेको छोरीले नै पहिला भनिन् - बाबा अर्को वर्ष मनाउँला तीज हुन्न ?' यसले मलाई सजिलो बनायो ।
गुनगु आवाज निकाल्दै तल्लाघरे बुहारी आइन् । 'ससुरा बा, नन्द आमाजु कहिले आउने रे रु फोन गरेजस्तो लाग्थ्यो ?'
बुहारी यो साल त विश्वभर नै कोरोनाको विगविगी भयो । पल्लो गाउँमा पनि कोरोनाले एक वृद्धाको मृत्यु भएको खबर सुनियो ।छोरीलाई नआउन भन्न खोजेको छोरीले नै पहिला भनिन् - बाबा अर्को वर्ष मनाउँला तीज हुन्न ?' यसले मलाई सजिलो बनायो ।
यो त राम्रै भयो ससुरा बा, म पनि माइत नजाने निर्णय गरेँ । गाउँका सबै दिदीबहिनी पनि यसपालि माइत नआउने अरे ।
जताततै लकडाउन तर सर्वश्रेष्ट प्राणी अटेर गर्दै थियो । शिक्षणसंस्था सबै बन्द, आवतजावत ढप्प, अन्तर्राष्ट्रिय उडान बन्देज । यस्तो अवस्थामा दर अनि रमाइलोको के काम रु
बुहारी तिमी त पढेलेखेकी म त खासै के नै जानेको छु र ? तै पनि चाडपर्वमा हुने विकृति, बडप्पन, देखावटीले समाज भड्कियो, अझ त्यसमा कोरोनाले चारैतिर घेरा हालिसक्यो ।
ससुराबुहारी कुरा गर्दागर्दै माइकबाट आवाज सुनियो - 'करोनाबाट सचेत बनौँ, साबुनपानीले मिचीमिची हात धोऔँ, सेनिटाइजर प्रयोग गरौँ, माक्स लगाऔँ, कोही बाहिरबाट आए क्वारेनटाइनमा राखौँ, आफ्नो टोल आफै सुरक्षित गरौँ, भेला जमघट र चाडवाडमा नलागौँ, सुरक्षित रहौँ स्वस्थ्य बनौँ ।'
माइकको सन्देश आ-आफ्नो आँगन तथा घरघरबाट सबैले सुन्दै थिए । ससुरा बा र बुहारी पनि तिज न सिज, बाँचे अर्को साल मनाउँला भन्दै भित्र पसे ।