लोकसंवाद संवाददाता | समाचार | भदौ २०, २०७७
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा १ साताका लागि थप गरेको छ ।
नयाँ निर्णयअनुसार अब २७ भदौंसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू हुनेछ । यो समयमा सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्नुपर्नेछ ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै थियो । अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा मानिसले अनिवार्य रुपमा स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।
सार्वजनिक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ भने जिल्लाभर जोरविजोर प्रणालीअनुसार विहान ६ बजे देखि साँझ ८ बजे सम्म सवारी साधन सञ्चालन गर्न पाइनेछ ।