कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७७

बुटवलको कोरोना विशेष अस्पतालमा थप २ कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । 

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । 

नवलपरासीकी महिला १७ भदौमा र बुटवलका पुरुष १५ भदौमा अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।