मोरङमा कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । 

पछिल्लो २४ घण्टामा मात्रै विराटनगरका दुुई महिला र धनपालथान तथा बुढीगँगा गाउँपालिकामा एक–एक जना पुुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको 
प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यस्तै विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोरङको धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको उनको शनिबार दिउँसो १ बजे मृत्यु भएको हो ।

यस्तै बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।