काठमाडौं उपत्यकामा ४०८ सहित १०४१ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४०८ सहित १०४१ कोरोना संक्रमित थपिए

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २०, २०७७

पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ४०८ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ । पछिल्लो २४ घन्टमा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । 

हालसम्म  नेपालाम २७ हजार १ सय २७ जना कोेरोना संक्रमित डिस्चार्ज भएका छन् भने १ सय ६७ जना आइसियुमा उपचाररत छन् । यस्तै भेन्टिलेटरमा २४ जनाको उपचार भइरहेको छ । 

पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।