लोकसंवाद संवाददाता | समाचार | भदौ २०, २०७७
नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।
उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने, ‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौँ, उहाँलाई धनुषा पठाउँछौं ।’
जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पु¥याइएको छ । धनुषा प्रहरीसँग समन्वय भइरहेकाले विरहीलाई धनुषा नै पठाइने प्रवक्ता थापाले जानकारी दिए ।
नेता विरही वैसाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत थिए । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आएको थियो ।
सोही बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पु¥याएको थियो ।