लोकसंवाद संवाददाता | समाचार | भदौ २२, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ ।
साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो ।
मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।