लोकसंवाद संवाददाता | समाज | भदौ २२, २०७७
जनकपुर । धनुषामा चटयाङ लागेर एकजनाको मृत्यु भएको छ ।
आइतबार धनुषाको धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुरका ४२ वर्षीय पुरुषको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
किसानपुरका ४२ वर्षीय मोहिता सदाको आइतबार दिउँसो करिब १ बजे खेतबाट घर फर्किरहेको बेला चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
सदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।