पहिलो नजरमा झुक्याउने तस्बिर ! (फोटो फिचर)

पहिलो नजरमा झुक्याउने तस्बिर !  (फोटो फिचर)

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  चैत्र २०, २०७५

PAREIDOLIAबारे विकिपिडिया भन्छ- IS THE TENDENCY TO INTERPRET A VAGUE STIMULUS AS SOMETHING KNOWN TO THE OBSERVER. 
यो एउटा मानसिक स्थिति हो । कहिलेकाहीँ कुनै चित्र अथवा आकृतिलाई हेर्दा तपाईं झट्ट भन्नुहुन्छ– अरे यो त ठ्याक्कै त्यो जस्तो हो । यसैलाई PAREIDOLIA भनिन्छ । 
यो तलको चित्र हेर्नुस्,

चित्रमा केही रेखा मात्रै कोरिएका छन् ।  तपाईंलाई पहिलो नजरमै अनुहार जस्तो लाग्यो कि लागेन ? 

हामीले तपाईंका लागि यस्तै केही चित्र प्रकाशित गरिरहेका छौं । चित्र त कुनै एक थोकको छ, तपाईंको मस्तिष्कले भने अरु केही नै सम्झिन सक्छ । 

के तपाईंलाई लागेन डायनासोरको बथान ‘मर्निङ वाक’मा जाँदैछ । 

नुहाएको कुकुर झट्ट हेर्दा के जस्तो लाग्यो ? 

तपाईंलाई लागे पनि यो आँखा होइन । 

हजुर, यो कहीँको नक्सा होइन, सावरमा रहेका धस्रा हुन् । 

के तपाईंलाई कुनै लाइब्रेरीमा राखिएका क्यासेट जस्तै लाग्यो ? यी एउटा स्टान्डमा राखिएका बस हुन् । 

मान्नुस् , यो कुनै पेन्टिङ होइन, वास्तविक दृश्य हो । 

आधा उसिनेको अण्डाबाट शंखे कीरा निस्केको होइन । 

यो आकाशमा चराले झारेको प्वाँख होइन, बादल हो । 

यो कुनै ऐतिहासिक दस्तावेज होइन, एउटै पेपरमा तीन पटक प्रिन्ट गरिएको हो । झुक्किनुभयो होइन ? 

यो त तपाईंलाई कुनै ग्रहको तस्बिर लाग्यो होला । ध्यानले हेर्नुस् त, यो एउटा तलाउको तस्बिर हो । 

लौ हेर्नुस्, ज्वालामुखी ! कहाँ हुनु नि, यो त तपाईंको बारीमा फलेजस्तै फूलगोभी हो । 

अनि यो दृश्य हेर्दा के लाग्यो ? टुथब्रसमाथि बाँदर सुतेजस्तै !

बाघ देख्नुभयो ? कहाँ हुनु यो कुकुर हो । 

अनि यस तस्बिरमा माउसुली सुतेजस्तै लाग्दैन ? 

युरोप र एसिया छुट्याउनुस् । 

गोलभेडाभित्र स्ट्रबेरी । 

यो अण्डरग्राउण्ड कोठा होइन, भायलिनको भित्रि दृश्य हो । 

कुनै गाडीले बाटोमा मुसो किचेछ ! होइन, सुकेको पात हो । 

सावधान शिशाका टुक्रा हुन सक्छन् । तर, होइन, यी बरफका टुक्रा हुन् । 

सर्भर रुम लाग्यो होइन ? वास्तवमा यी वियरका क्यान हुन् ।