विवाहेत्तर सम्बन्धले गयो ज्यान: तीन महिनादेखि गुपचुप आग्लो प्रहारको हत्या

विवाहेत्तर सम्बन्धले गयो ज्यान: तीन महिनादेखि गुपचुप आग्लो प्रहारको हत्या

लोकसंवाद संवाददाता  |  अपराध  |  माघ ८, २०८०

दुई/तीन महिनादेखि काठमाडौंको स्वयम्भु स्थित सरिता गिरीको दुईतले घरको भुइँ तलाको कोठा बन्द थियो । यति लामो समयसम्म कोठा बन्द हुँदा पनि घरधनीले प्रहरीलाई जानकारी समेत गराएनन् । तर माघ ३ गते कोठाबाट अनौठो गन्ध आएपछि घरधनी गिरीले स्थानीयबासीलाई बोलाइन् । त्यसपछि वडा कार्यालयका प्रतिनिधिसहित प्रहरीले कोठा खोलेर हेर्दा खाट मुनि सडिसकेको अवस्थामा एउटा शव फेला पर्‍यो । तर सडिसकेका कारण शव चिन्न सक्ने अवस्थामा थिएन । 

‘लगभग शव डिकम्पोज भइसकेको अवस्थामा थियो । तीन महिनासम्म घरमा लास भएको पनि कसैलाई थाहा भएन’, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री भन्छन्, ‘यो हामी प्रहरीका लागि मात्र नभएर सञ्चारकर्मी र समाजका लागि पनि चुनौतीको विषय हो ।’

यो घटना गत कात्तिक तिरै घटेको थियो । तर एकाएक बाहिरबाट ताला लगाएर त्यहाँ बस्ने मानिसहरु हराउँदा पनि घरबेटी र त्यहाँ बस्नेहरुले थाहा पाएनन् । ‘कोठाबाट गन्ध नआउँदासम्म त्यहाँ को बस्थे र के गर्थे भन्नेसमेत घरधनीलाई थाहा भएन’, खत्री भन्छन् । 

जसका कारण प्रहरीलाई अनुसन्धानमा समेत जटिलता भयो । हत्या हो वा स्वाभाविक मृत्यु हो भन्ने यकिन गर्न धेरै गाह्रो भयो’, काठमाडौंका प्रहरी प्रमुख एसएसपी कार्की भन्छन्, ‘त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञको टोली ल्याएर जाँच गरेपछि मात्र अनुसन्धानका लागि बाटो खुल्यो ।’

फरेन्सिक जाँचका क्रममा मृतकको टाउकोमा भारी वस्तुले हिर्काएका कारण मृत्यु भएको देखियो । प्रहरीले तत्कालीन अवस्थामा कोठामा भेटिएका भौतिक सबुत प्रमाणको विश्लेषण गरेर अनुसन्धान सुरु गर्‍यो । एसएसपी खत्री भन्छन्, ‘त्यस क्रममा मृतक तनहुँको भिमाद नगरपालिका घर भएर अहिले काठमाडौंमा बस्दै आएकी ५१ वर्षीया सफिना मिया भएको सनाखत गर्न सक्यौं ।’ 

उनी हत्या लगत्तै सुमो चढेर वीरगञ्ज गएका थिए । अन्सारी भारतमा रहे पनि उनले आफ्ना साथीहरुका माध्यमबाट घटनापछिको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका थिए । तर नेपालमा यति लामो समयसम्म पनि घटना बाहिर नआएपछि सामसुम भएको ठानेर गत पुसमा काठमाडौं आएर कालीमाटीस्थित दिलीप शाहको बीएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए ।

विवाहित सफिना मिया पुरुष व्यक्तिसँग लिभिङ टुगेदरमा थिइन् । उनीसँगै बसेका व्यक्ति दिए, भारतको बिहार मोतिहारीका इकरामुल हक अन्सारी । अन्सारी पनि विवाहित थिए । 

प्रहरी अनुसन्धानका क्रममा हत्यापछि भारतीय नागरिक इकरामुल हक अन्सारी कोठाबाट गायब भएको भेटियो । त्यसपछि उनलाई सम्भावित दोषीका रुपमा  प्रहरीले अनुसन्धान अघि बढायो । ती व्यक्तिसम्म पुग्न प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वयन गरेर अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानका क्रममा अन्सारी कार्यरत जीबीएस गार्मेन्टबाट २४ भदौमा दुई हजार रुपैयाँ लिएर निस्किएको समेत खुलेको थियो । उनी हत्या लगत्तै सुमो चढेर वीरगञ्ज गएका थिए । अन्सारी भारतमा रहे पनि उनले आफ्ना साथीहरुका माध्यमबाट घटनापछिको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका थिए । तर नेपालमा यति लामो समयसम्म पनि घटना बाहिर नआएपछि सामसुम भएको ठानेर गत पुसमा काठमाडौं आएर कालीमाटीस्थित दिलीप शाहको बीएन फेसन गार्मेन्टमा काम गर्दै आएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले उनलाई कालीमाटीबाटै पक्राउ गरेको हो । इकरामुल हक ८/९ वर्षदेखि नेपालमा बस्दै आएका थिए । तर उनी पछिल्लो एक वर्षदेखि सफियासँग स्वयम्भुमा बस्ने गरेका थिए । 

इकरामुलका पनि दुई सन्तान थिए । तर उनी काठमाडौंमा एक्लै बस्ने गर्थे । परिवारका सदस्यसँग राम्रो सम्बन्ध नभएका कारण सफिना पनि विवाहित भए पनि काठमाडौंमा इकरामुलसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । यद्यपि पछिल्लो समयमा इकरामुल र सफिनाको पनि सम्बन्ध राम्रो थिएन । प्रहरी अनुसन्धानका क्रममा उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको छ । 

इकरामुलले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गर्थे । कात्तिकको पहिलो सातातिर उनले मादक पदार्थ सेवन गरी काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको प्रहरीको भनाई छ । प्रहरीले हत्यामा प्रयोग भएको ढोकामा लगाउने काठको आग्लो समेत बरामद गरेको छ । उनले आग्लोले हानेर गम्भीर घाइते बनाएपछि घटना भएको दिन बिहान करिब ३/४ बजेतिर सलले बेरेर हत्या गरेको पाइएको छ । 

घटनापछि शवलाई खाटमुनि लुकाएर इकरामुल ढोकामा ताला लगाएर भारततिर भागेका थिए । तर नेपाल फर्किएपछि उनी पुरानो डेरामा भने गएका थिएनन् । घटना बाहिरिएपछि प्रहरीले खोजी गर्दै जाँदा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।