शिक्षिका प्रतिमाले निजी खर्चमा विभिन्न विद्यालयमा पोसाक,शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण

शिक्षिका प्रतिमाले निजी खर्चमा विभिन्न विद्यालयमा पोसाक,शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन १६, २०८०

भोजपुर । भोजपुर जिल्ला अरुण गाउँपालिका वडा नं.५  बस्ने प्रतिमा पोखरेलले आफूलाई  मिति २०७३ देखि आफ्नो शिक्षण पेसासँगै सामाजिक सेवामा आफू होमिँदै आउने क्रममा  समाजसेवी प्रतिमा पोखरेलले विगतका सालहरुमा झैँ यो २०८० सालमा सम्म आइपुग्दा पनि विभिन्न मितिमा विभिन्न विद्यालयमा अनाथ वा अभिभावक बिहीन साथै निम्न वर्गका पढाइमा उत्कृष्ट  हुनका साथै जेहेन्दार छात्रछात्रा हरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेकी छन् भने केही विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकी छन् यस वर्ष  छात्रवृत्ति पाउने  विद्यार्थीहरु यस प्रकार रहेका छन् ।

 यहि ०८०/१०/१७ मा विश्वविद्योदय प्रा.वि.मा सन्तोष खड्का लाई छात्रवृत्ति ०८०/१०/२० मा पञ्चकन्या आ.वि. मा निर्मला वि.क.,सिर्जना श्रेष्ठ र गणेश तामाङलाई विद्यालय पोसाक र शैक्षिक सामग्री , यस्तै गरेर ०८०/११/२ मा विश्वप्रेमी माध्यमिक विद्यालयमा मणिराज मगर , संयोग राई र साङगेन राई लाई पोसाक र शैक्षिक सामग्री साथै ०८०/११/४ मा सगरमाथा माध्यमिक विद्यालयमा सुजन खड्का लाई छात्रवृत्ति र मनिका राई लाई पोसाक शैक्षिक सामग्री र  ०८०/११/१२ मा  महेन्द्रोदय माध्यमिक विद्यालयमा आकाश श्रेष्ठ , एन्सु मगर र रचना सृष्टि लाई वार्षिकोत्सव कार्यक्रम को अवर बनाएर अभिभावक बिहीन विद्यार्थीहरुलाई  विभिन्न मितिमा विभिन्न विद्यालयमा पुगि विद्यालय पोसाक शैक्षिक सामग्री र छात्रवृत्ति रकम वितरण गरेकी छन् ।


'समाजको नमूना शिक्षिका प्रतिमा पोख्रेलू समाजसेवा साथै साहित्यमा रुचि ' राख्ने प्रतिमा पोख्रेल  एक उर्जाशील  युवा हुन उनी शिक्षण पेसा संगै साहित्य र समाजसेवा प्रति आफ्नो रूचिको बिषय बनाएर अग्रता लिइरहेकी छिन् ।उनी शिक्षण पेसामा आवद्ध हुनको साथै साहित्यमा कलम चलाउनुको अलवा आफुलाई २०७३ साल बाट आफुले अध्ययन गराउँदै आएको  विद्यालय श्री पञ्चकन्या आधारभूत विद्यालयका १९ जना  अभिभावक बिहीन तथा अनाथ विद्यार्थीहरुलाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गर्न थालेकी हुन् उनले त्यसै साल बाट नै अन्य विद्यालय मा पनि त्यस किसिमका बालबालिकाहरुलाई कतै छात्रवृत्ति कतै पोशाक र शैक्षिक सामग्री वितरण गर्दै निरन्तर रुपमा हाल सम्म उनले ७ ओटा विद्यालयमा अभिभावक बिहिन विद्यार्थीहरुलाई विद्यालय  पोशाक छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरिरहेकी छन् जुन लाभान्वित विद्यालय निम्न छन् .
१. श्री पञ्चकन्या आधारभूत विद्यालय
२. श्री विश्वविद्योदय  प्रा.वि. 
३. विश्व प्रेमी माध्यमिक विद्यालय 
४. श्री सगरमाथा माध्यमिक विद्यालय 
५. श्री  बालमन्दिर भोजपुर 
६. महेन्द्रोदय माध्यामिक विद्यालय र 
७.  नरोग्राम माद्यामिक विद्यालय मोरङ  आदि गरिएका विद्यालय छन् भने भोजपुर अरुण  गा.पा. ५ बस्ने कुमारी ढकाललाई सानो रकमको मासिक भत्ता समेत केही समय अगाडि दिइरहेकी थिइन्  ।यस्तो उनको सहयोगी मन भित्र को महान कार्य देखेर हरेक विद्यालयका परिवार ,अभिभावक र सिङ्गो अरुण गाउँपालिका लगायत विभिन्न बुद्धिजीवीहरूले  धन्यवादको पात्र बन्ने गरेकी छन् । 

भाेजपुरमा हुने शिक्षा सम्बन्धि  हरेक  कार्यक्रमका अतिथिहरूबाट  उदाहरणीय शिक्षिकाको नामले नामांकन गर्ने  गरेकाे र महान कार्य भन्दा म  लज्जित र  भावविभोर हुने गरेकाे छु शिक्षिका प्रतिमाले लाेकसंवादलाई जानकारी दिइन  उनकाे थप भनाई छ-  'भोजपुर जिल्लाको मात्रै नभएर प्रदेश एक कै एक नमुना शिक्षकको रुपमा देखिनु भएको छ भन्दै बधाई तथा शुभकामना आउँदा भने मेरो सानो सहयोगको कदर भए जस्तो लाग्छ । '