अमेरिका बस्ने बलायर पत्नीद्वारा बुवाआमाको नाममा डोटीको बिद्यालयमा अक्षय कोष

अमेरिका बस्ने बलायर पत्नीद्वारा बुवाआमाको नाममा डोटीको बिद्यालयमा अक्षय कोष

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन २४, २०८०


डोटी । शिक्षाबिद् डा. भोजबहादुर बलायर तथा श्रीमती अन्जु बलायरले डोटीको सीताराम माबि उच्चकोटमा एक अक्षय कोषको स्थापना गरेका छन ।्

बलायर दम्पतीले आफ्ना बुवा खड्कबहादुर बलायर तथा आमा स्व. हंशादेबी बलायरको नाममा सीताराम माबि उच्चाकोट डोटीमा ५ लाख १ सय १ रकमको अक्षय कोष स्थापना गरेका हुन । आफु अध्ययन गरेको बिद्यालयमा खड्कशहंसा अक्षय कोष स्थापना गर्न पाउँदा खुशी लागेको डा। बलायरले बताउनु भयो ।

सीताराम माबि उच्चाकोट मैले अध्ययन गरेको बिद्यालय हो । भौतिक रुपमा म बिदेशमा भएपनि आमा बुवाको नाममा स्थापना गरिएको अक्षय कोषले विद्यालयसँगको सम्बन्धलाई जीवन्त राख्नमा सहयोग पुग्ने डा। बलायरले बिश्वास व्यक्त गर्नु भयो । बलायर दम्पतीले स्थापना गरेको खड्कशहंसा अक्षय कोषबाट प्राप्त हुने व्याज रकमबाट कक्षा ११ र १२ मा अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई उच्च शिक्षाको लागि सहयोग गर्ने उद्देश्य रहेको छ । आफुले अध्ययन गरेको बिद्यालयमा अक्षय कोष स्थापना गरेकोमा सीताराम माबि उच्चाकोटले डा. बलायर दम्पतीलाई प्रशंसा पत्र समेत प्रदान गरेको छ ।

हाल टेक्सासको ड्यालसमा बस्दै आउनु भएका डा. बलायरले नेपालमा रहँदा नेपाल सरकारको उपसचिव रहँदा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको थियो ।

हाल नेपाली समाज टेक्सासद्वारा सञ्चालित ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपल रहनु भएको छ । बिदेशमा जन्मेका र हुर्केका बालबालिकाहरुलाई लक्षित गरि डा.बलायरले तयार गर्नु भएको पाठ्यक्रम अनुसार ग्लोबल नेपाली पाठशालामा पढाउने गरिएको छ । उक्त पाठ्यक्रम अनुसार अमेरिकाका बिभिन्न राज्य तथा बिभिन्न देशमा सञ्चालित नेपाली पाठशालाहरूमा पठनपाठन हुँदै आएको छ ।