विद्यार्थीको माग सम्बोधन नभएको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखामा !

विद्यार्थीको माग सम्बोधन नभएको भन्दै क्याम्पस प्रमुखको कुर्सी रुखामा !

लोकसंवाद संवाददाता  |  शिक्षा  |  फाल्गुन ३०, २०८०

बाँके । स्ववियु काउन्सिल नेपालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) ले क्याम्पसमा रहेका विभिन्न  शैक्षिक तथा विद्यार्थी हकहितका मागलाई संबोधन नगरेको भन्दै माग सम्बोधनका लागि ऐक्यबद्धता जनाएको छ ।

काउन्सिलका केन्द्रीय अध्यक्ष एवम्  त्रिभुवन विश्वविद्यालय सिनेट सभा सदस्य विराज अर्याल र काउन्सिलका केन्द्रीय सचिव सन्देश धमलाले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरेको छ ।

विज्ञप्तिमा चैत १७ महेन्द्र बहुमुखी क्याम्पस स्ववियुले विद्यार्थी  हकहित र अधिकारका निम्ति १५ बुँदे मागलाई हालसम्म संबोधन नगरेकोले क्याम्पस प्रमुखले  गम्भीर लापरबाही गरेको बताएको छ । स्ववियुले राखेका मागहरूलाई यथासिघ्र समाधान गर्न ध्यानाकर्षण समेत गरिएको छ ।

स्ववियुले पहिलो चरणमा क्याम्पस भित्रका शैक्षिक र प्रशासनिक समस्या समाधान गर्न गरेको माग संबोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप क्याम्पस प्रमुखलाई प्रवेश निषेध गर्दै  कुर्सी कार्यकक्षबाट निकालेर रूखमा  झुण्डाएको  स्ववियु अध्यक्ष माधव खत्रीले जानकारी  दिनु भयो । उहाँका अनुसार अझै क्याम्पस प्रमुख विद्यार्थी र शैक्षिक प्रशासन सहितका मागका बारेमा आलटाल गर्दै जाने हो भने थप आन्दोलन गर्न बाध्य हुने बताउनु भयो । 

अध्यक्ष खत्रीका अनुसार यदि क्याम्पस प्रमुखले स्ववियुका मागलाई संबोधन गर्न व्यवास्था गरे हाम्रो अभियान तथा आन्दोलनबाट हुने सबै क्षतिको भरणपोषण स्वयं क्याम्पस प्रमुखले गर्नुपर्ने बताउनु हुन्छ । कति दिन  विद्यार्थीका सवालबाट भाग्नु हुन्छ, हामी पनि गम्भीर रूपमा समिक्षा गरिरहेका छौ । उहाँले आजदेशका युवा विदेश पलायनको समस्याको कारण पनि यस्तै अकर्मण्यताको परिणाम हो भन्नुभयो ।