हाँसो

हाँसो

सुरेश राई  |  साहित्य  |  चैत्र १०, २०८०

1. हाँसो
हा हा हा हा
अट्टहासपूर्ण हाँसो हो यो 
जो तिमीले ब्रेक अप माग्दा छुटेको हो 

हा हा हा हा
कन्फ्युज भएको हाँसो हो यो
जो तिम्रो कुरा पत्याउन गाह्रो पर्दा छुटेको हो 

हा हा हा हा
पीडाले डामेको रुन्चे हाँसो हो यो
जो तिमीले नयाँ प्रेमी चिनाएपछि छुटेको हो 

यसरी तिमीले मलाई 
तीन पटक हँसाएर गएकी हौ
र बाँचुन्जेली हाँस्न नसक्ने छोडेकी हौ 

२‍ तिम्रो ट्रेन्चकोट

त्यसैपनि तिमी
राम्रो आँखा नहेरी हिँड्ने गर्छ्यौ 
जहिले जहिले हतार गर्ने गर्छ्यौ
छेउछाउ को छ के छ ध्यानै हुन्न
अल्झी पो हिँड्छ्यौ 
ठोक्की पो हिँड्छ्यौ 

मलाई सुर्ता लाग्छ मेरी ज्यान१
जब तिमी 
ट्रेन्चकोट लाएर बाहिर निस्कन्छ्यौ ।

 बाम्राङ, खोटाङ