नेपाल पत्रकार महासंघ युरोप शाखा: अध्यक्षमा केजिन राई र महासचिव  शेरबहादुर परियार

नेपाल पत्रकार महासंघ युरोप शाखा: अध्यक्षमा केजिन राई र महासचिव  शेरबहादुर परियार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०८१

युरोप। नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

अधिवेशनले उपाध्यक्ष राजकुमार थापा, प्रेम पोमु, दिल निशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिव कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश  गौतम, कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा भोला लामिछाने(स्पेन), वाइबी गुरुङ(डेनमार्क), कमल पराजुली(स्पेन), किशोर सुब्बा(पोर्चुगल), सन्जु काउछा(फिनल्यान्ड), दिपक भण्डारी(पोर्चुगल), बिनोद अधिकारी(क्रोएसिया), दिपक खतिवडा(पोर्चुगल), जसमान दर्नाल(जर्मनी), प्रकाश बगाले(माल्टा), पुस्तक रेग्मी(पोर्चुगल), लाक्पा तेन्जी शेर्पा(रोमानिया), धनराज विक(माल्टा), जनक बराल(बेल्जियम), नवराज दवाडी(पोर्चुगल), सेन्छेलुङ पतङ्वा(जर्मनी), बलराम राई (पोर्चुगल) कमल पन्थी(हंगेरी), माधव पोखरेल(इटाली), घनश्याम गौतम(स्पेन), सुभाष चाम्लिङ(बेल्जियम), तुलसा घिमिरे(पोर्चुगल), शर्मिला गुरुङ ठकुरी (पोर्चुगल),अमृता राई(रोमानिया) र मनि तमु रहेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न अधिवेशनलाई उद्घाटन गर्दे 'महासंघ बलियो र एकता भयो भने हामी दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए'। 

बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ ९नेजा० अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी, प्रेस सेन्टर नेपाल  प्रवास इञ्चार्ज आरबी खड्का, अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, मिलन छन्त्याल, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, जनसम्पर्क समिति युरोप महामन्त्री गंगाधर गौतम, पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग ९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि नेपाली पर्यटन प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए। 

पत्रकार महासंघले तोकेको केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खडका ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयन गर्दे बन्द सत्र सम्पन्न गरेको थियो।

अधिवेशनको सभापतित्व शाखा अध्यक्ष प्रेम परियार, कार्यक्रम सञ्चालन महासचिव द्रोण रिजाल, सञ्चालन र स्वागत मन्तव्य उपाध्यक्ष राजकुमार थापाले गरेका थिए।

नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले  पारित १० बुँदे प्रस्तावकाे पूर्णपाठ 

१.युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ ।

२. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ। 

३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।

 ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ । 

५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापन वापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ ।

६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ। 

७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप   प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ। 

८.सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य  प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ ।

९.युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ।

१०.यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।