लोकसंवाद संवाददाता, फागुन २५, २०७६
काबुल ।अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा)ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । युनामाद्वारा जारी वक्तव्यमा अन्तरअफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा अफगानिस्तानमा भएका सामाजिक, राजनीतिक उपलब्धिलाई बचाउन र अगाडि बढाउन सबैले ध्यान दिनुपर्ने उल्लेख...