मंसिर ०७, २०८१, शुक्रबार

न्युज कारखाना,   भदौ १४, २०७८
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४औँमहाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । नेपाली कांग्रेस काठमाडौं- ३० ले सोमबार आयोजना गरेको कार्यक्रममार्फत थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । थापाले आफ्नै वडाबाट उम्मेदवारी घोषणा...


लोकसंवाद संवाददाता,   भदौ १४, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । स्रोतका अनुसार स्वास्थ्यमन्त्रीस्तरीय निर्णयलेपरिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखामा प्रमुख डा.झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा.शर्मालाई व्यवस्थापन महाशाखामा पठाइएकोछ । सार्क क्षयरोग केन्द्रका निर्देशक डा.विवेकलाल...

न्युज कारखाना,   भदौ १४, २०७८
सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा सरकारले गर्नुपर्ने कामका विषयमा केन्द्रित भएको बताइएको छ । बैठकमा सरकारले गर्ने कार्यबारे रमन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल हुनेछ । सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७८
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका ९ जना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा सम्मान अर्पण गरिएको हो । समितिले साहित्यतर्फ गंगा लिगल, शारदा पौडेल 'निशा',...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७८
मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका नेताहरूसँगको सघन भेटवार्तालाई जारी राखेका छन् । शनिवार मात्रै देउवाले सत्तारुढ गठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । आइतबार देउवा, प्रचण्ड र नेकपा...

न्युज कारखाना,   भदौ १३, २०७८
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ...

न्युज कारखाना,   भदौ १३, २०७८
प्रदेश २ सरकारका २ जना मन्त्रीलाई हेफेर गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्रीको जिम्मेवारी दिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहाकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिएको छ...

न्युज कारखाना,   भदौ १३, २०७८
निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ । आइतबार आयोगले विज्ञप्ति निकाल्दै हालै गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहनेलाई २२ भदौ साँझ ५ बजेसम्मको समयसीमा तोकेको हो । नवगठित...

एजेन्सी,   भदौ १३, २०७८
स्पेनिस ला लिगामा आज ४ खेल हुँदै छन्। आइतबार रातीहुने खेलमा चर्चित क्लबहरू बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरू आआफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै छन् । पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दै छ । घरेलु मैदान क्याम्प नोउमा हुने...

न्युज कारखाना,   भदौ १३, २०७८
अफगानिस्तानमा तालिबानले २ साताअघि नियन्त्रणमा लिएका बैंक अझै संचालन हुन सकेका छैनन् । आक्कलझुक्कल खुलेका केही बैंकमा मानिसहरूको भीड थामी नसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै कोल्याप्स हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम...

न्युज कारखाना,   भदौ १३, २०७८
नेकपा एमाले विभाजित भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरूलेकुनै पार्टीसँग एकता नगर्ने...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औँ प्रतिवेदन पढ्न सुझाव दिएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो शासनकालमा...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ । कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर, सबैभन्दा बढी ध्यान...

न्युज कारखाना,   भदौ १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । एमालेबाट अलग भएर एकीकृत समाजवादी गठनगरेपछि पहिलो पटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष...

न्युज कारखाना,   भदौ १३, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदै छन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपराह्नस्वदेश फर्किन लागेका हुन् । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत...

न्युज कारखाना,   भदौ १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानदेउवा, प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ । गत...

एजेन्सी,   भदौ १३, २०७८
सम्पूर्ण अमेरिकीलाई मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै दशौँहजार अमेरिकीले वासिङ्टन डीसीमा विशाल प्रदर्शन गरेका छन् । नागरिक अधिकारका अगुवा डा. मार्टिन लुथर किङले २८ अगस्ट १९६३ व्यक्त गरेको ऐतिहासिक भाषणको वार्षिकीको अवसर पारेर वासिङ्टन डीसीमा प्रदर्शन भएकाे हाे। अमेरिकामा...