मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
कास्की।मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ । बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछिनिजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई...


लोकसंवाद संवाददाता,   बैशाख १८, २०७७
संखुवासभा । कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय सङ्टकमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ । लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा...

लोकसंवाद टिप्पणी,   बैशाख १७, २०७७
मोरङस्थित विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर २०७७वैशाख१४ गतेरात्रि यातायातमा एक सय ६० जना यात्रुहरूलाई काठमाडौँ पठायो । काठमाडौँस्थित थानकोट प्रहरीले अस्ति १५ गते बिहान आठ बजे एक सय ६० मध्ये ४२ जनालाई नागढुंगा चेकपोस्टमा रोक्यो । सुरुमा नागढुंगामा खटिएका प्रहरीले...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार,...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
कपिलवस्तु । एक महिनामा कपिलवस्तु जिल्लामा जबर्जस्ती करणीका सातवटाघटनामा उजूरी दिइएको छ । कोरोना भाइरस९कोभिड १९० संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ । घटनाका पीडितमा १० किशोरी र एक...

लोकसंवाद संवाददाता,   बैशाख १७, २०७७
सुर्खेत । जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुव्र्यवहार गरेको आरोपसहित उजूरी दिनुभएको छ । यही वैशाख १२ गतेको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत बुढाले दुव्र्यवहार गरेको आरोप लगाउँदै उपाध्यक्ष रोकायाले...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
पाेखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकास निमार्णका काममा चासो दिँदै अनुगमनलाई निरन्तरता दिनुभएको छ । कोइरालाले विश्वभर फैलिएको कोरोना भाइरसका कारण रोकिएका कामलाई अब निरन्तरता दिनुपर्ने भन्दै विभिन्न स्थानको अनुगमन गर्नुभएको...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
खोटाङ । होम क्वारेन्टाइन मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७७
लण्डन । यहाँस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पत्र पठाइ बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराएको छ । यहाँको रक्षा मन्त्रालय, गोरखा वेलफेयर ट्रष्टलगायतका निकायबाट बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७७
काठमाडाै । लकडाउन लाई थप कडा पार्न गृहमन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटोमा पुगेका र...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७७
चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको...

लोकसंवाद टिप्पणी,   बैशाख १५, २०७७
भक्तपुर स्थित कौशलटार चोकमा नेवारी खाजा घर चलाउँदै आएका एक पसलेले चामलको कनिकाबाट घरेलु रक्सी उत्पादन गर्दै आउनु भएको थियो । त्यसलाई पान, ल्वाङ आदिको स्वादमा बदलेर बिक्री गर्ने पेसा थियो । उहाँको यो पेसा दुई पुस्तादेखि जारी छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौं ।संसदको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ । समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण र उपचारमा अहम् भूमिका खेलेको भन्दै हिमानी कोषले काठमाडौँ मेडिकल कलेज सिनामंगललाई पिपिई,मास्क र स्यानिटाईजार जस्ता समाग्रा उपलब्ध गराएको छ । हिमानी कोषको बालुवाटारस्थित कार्यालयमा २०७७ वैशाख १४ गते आइतबार कलेजकी...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडाैँ ।विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ३३ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार शुक्रबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा विगत २४ घण्टाको अवधिमा २ हजार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश,...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी बिच एकता भई २०७७ वैशाख ११ गते बिहीबार निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको जनता समाजवादी पार्टी, नेपालले प्रयोग गर्ने भनिएको झन्डा विवादमा पर्ने भएको छ । २०७७ वैशाख दशगते बुधवार...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७७
डडेल्धुरा । लकडाउनका समयमा डडेल्धुराको महाभारत तथा चुरे क्षेत्रका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण बढेको छ । वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीलाई छल्दै जिल्लाका दर्जनौंँ स्थानमा वन अतिक्रमण भइरहेको छ । जिल्ला सदरमुकाम नजीकै रहेको त्रिपुरा सामुदायिक...