मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम...
लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७


लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले रु ७८ लाखको लगानीमा तरकारी...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
मङ्गलबारे । कोरोना महामारीको असर चिज उद्योगमा समेत परेको छ । महामारीका कारण बाहिरी देश निर्यात हुने चिज निर्यात हुन नसक्दा यहाँका व्यापारी तथा व्यवसायी मारमा परेका छन् । विदेशी पर्यटकको मुख्य रोजाइमा पर्ने चिज निर्यात नहुँदा व्यवसायीहरु गोदाममा थन्क्याएर...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
गलकोट । जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था...

लोकसंवाद संवाददाता,   कात्तिक २८, २०७७
बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
सर्लाही । जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
काठमाडौँ । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
काठमाडौँ । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर)सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र सञ्चालनको योजना बनाइएको...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका५ स्थित मानहुँकोटको विकासका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको मानहुँकोटमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले चासो देखाएको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
म्याग्दी । रघुगङ्गा गाउँपालिका६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत् सुविधा नभएको यी बस्ती भौगोलिकरूपमा...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
बागलुङ । धवलागिरि क्षेत्रको पहिलो एफएम रेडियो धवलागिरि एफएफ आजदेखि १७ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६१ कात्तिक २७ गतेदेखि रेडियोको औपचारिक प्रसारण शुरु भएको थियो । धवलागिरि एफएम खुलेपछि मात्र तत्कालिन धवलागिरि अञ्चलमा रेडियोको विस्तार शुरु भएको...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए । घटनाको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले कानूनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी सम्पूर्ण कागजात पेश...

लोकसंवाद संवाददाता,   कात्तिक २६, २०७७
डोटी । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
बर्दिवास । जिल्लाको बर्दिवास नगर क्षेत्रका नौ छात्रछात्राले प्राविधिक शिक्षाका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । बर्दिवास नगर क्षेत्रकै स्थायीवासी र आफ्नै नगर क्षेत्रका प्राविधिक शिक्षालयमा पढ्न पाउने गरी नौ छात्रछात्रालाई पद्मशम्शेर खड्का स्मृति प्रतिष्ठानले बुधबार एक समारोहबीच विद्यालयमा लाग्ने...

लोकसंवाद संवाददाता,   कात्तिक २७, २०७७
डाेटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिनुभएकी उहाँको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको...