मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असोज २९, २०७७
काठमाडौँ । सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु भएको भन्दै मन्त्रिपरिषद्को असोज २६ गतेको बैठकले यातायात व्यवसायीको मागअनुसार सीट क्षमतानुसार...


लोकसंवाद संवाददाता,   असोज २९, २०७७
बैतडी । बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिकाको केन्द्र...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
हेटौंडा । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये सम्पूर्ण उद्योग सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
मकवानपुर । वडादशैँ र तिहारका लागि भन्दै मकवानपुरको हेटौँडालगायत विभिन्न ठाउँमा आजदेखि पुरानो नोट वितरण शुरु गरिएको छ । सरकारी स्वामित्वको र निजी क्षेत्रबाट सञ्चालित बैँकले सर्वसाधारण र कर्मचारीलाई आवश्यकता अनुसार विभिन्न दरको पुरानो नोट आजदेखि वितरण शुरु गरिएको नेपाल...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी)खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
वीरगञ्ज । केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६/७७ मा ३८ मुद्दा रहेका छन् । तीमध्ये सात फैसला भएको मुख्य न्यायाधिवक्ता...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
तनहुँ । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
नवलपरासी । नगर प्रमुखलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)स्थित बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ । सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
हुम्ला।हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका९ पिन्थलीमा एक घर, एक धारा निर्माण अभियान शुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
चितवन । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
सिमकोट । हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका६ लिमीमा खाद्यान्न पठाइएको छ । सिमानाका बन्द हुँदा खाद्यान्न सामग्री आयात नुहँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन, जाङ र हल्जीगाउँका १८० घरधुरीका लागि मङ्गलबार वडाध्यक्षको रोवहरमा ३०० क्विन्टल चामल...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
चितवन । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । स्थानीय स्तरमा हुने ससाना झगडा, विवादलगायत घटना पालिकासम्म...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
बाँके । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
भोजपुर । भोजपुरका सबै स्थानीय तहमा कोभिड१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका६ र हतुवागढी गाउँपालिका४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका...

लोकसंवाद संवाददाता,   असोज २८, २०७७
मकवानपुर । परम्परागत कृषि प्रणलीबाट किसानको स्तर उकास्न नसकिने निष्कर्षसहित कृषिमा यान्त्रिकीकरणको अवधारणा अघि सारेको मकवानपुरगढीमा पहिलोपटक मेसिनबाट धान काट्न शुरु गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले उत्पादन लागत कम गर्न कृषिको यान्त्रिकीकरण शुरु गरेको हो । किसानले उत्पादनमा व्यहोर्नुपर्ने...