मंसिर ०६, २०८१, बिहीबार

लोकसंवाद संवाददाता,   असोज २५, २०७७
भक्तपुर । गए राति अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज...
लोकसंवाद संवाददाता,   असोज २५, २०७७
लोकसंवाद संवाददाता,   असोज २५, २०७७


लोकसंवाद संवाददाता,   असोज २५, २०७७
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार हुँदै आएका व्यक्तिलाई पक्राउ गरी ७० वर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाहरुबाट असुली गरेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
स्याङ्जा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ नगरपालिकाले जनाएको...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
सर्लाही । जिल्लामा डिजे साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जिल्लाभित्र हुने धार्मिक, सामाजिक, राजनीतिकलगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल गरेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा आयोजनाबाट सात वटा झोलुङ्गे...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
कैलाली । कैलालीको टीकापुर नगर बिकास समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक्का गरेको जग्गा फुकुवाका लागि प्रक्रिया अगाडि बढाएको छ । आयोगले रोक्का राखेको १६२ कित्ता जग्गा फुकुवाका लागि अध्यन तथा छानबिन उपसमिति गठन गरेर फुकुवाको प्रक्रिया अगाडि बढाइएको हो...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध, सुरुङ, विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ । सन्...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । यही असोज ६ गते साथीसँग भगवतीको पर्यटकीयस्थल रुइसे घुम्न जाँदा घाइते र बेहोस भएका सिंजालीको १६ गते राति पोखराको मणिपाल शिक्षण अस्पतालमा...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
सप्तरी । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घरघरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
पोखरा ।निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म एयर साइड तथा ल्याण्ड साइड दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
वीरगञ्ज । दशैँ तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भए पनि अहिलेसम्म एउटा ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य शुरु गरे पनि हालसम्म बोहनीसमेत...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
कञ्चनपुर । कृष्णपुर नगरपालिका२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको)पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले...

लोकसंवाद संवाददाता,   असोज २३, २०७७
साउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाको केन्द्रसम्म जोड्न पक्की मोटरबाटो निर्माण हुने भएको छ । यसअघि कच्ची मोटरबाटोका लागि ट्रयाक खोलिएकामा प्रदेश सरकारको सहयोगमा जिल्ला सदरमुकामसम्म कालोपत्र गर्न लागिएको हो । वाग्मती प्रदेश सरकारले ४९ करोड रुपैयाँ बजेट...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पुर्याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका३ स्थित तेलपानी जङ्गलभित्र...

लोकसंवाद संवाददाता,   असोज २२, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सञ्चालन गरेको होम टु हस्पिटल कार्यक्रमबाट ९२ सुत्केरीले सेवा लिएका छन् । होम टु हस्पिटल अर्थात् घरदेखि अस्पतालसम्म कार्यक्रमबाट निःशुल्क एम्बुलेन्स सेवा पाएपछि सुत्केरलाई सहज भएको छ । विसं २०७५ माघ १७ गतेदेखि शुरु भएको...