मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ ०६, २०७९
कपिलवस्तु ।कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाले जित हात पारेको छ । उक्त नगरपालिकामा राप्रपा उम्मेदवार अजय थापा ७ हजार ६०२ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महादेव पोख्रेल ७ हजार १२८ मत ल्याउँदै पराजित भए ।


लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रकार नारायणप्रसाद बाँस्कोटाद्वारा सम्पादित तथा प्रकाशित चर्चित साहित्यिक पत्रिका प्रगतिका प्रकाशित सम्पूर्णअङ्कहरू बाँस्कोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँस्कोटाले नेपाल प्रज्ञाप्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ । बुधबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित समारोहमा प्रा.डा. बाँस्कोटाले...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
सप्तरी ।शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीकाजितेन्द्र प्रसाद गुप्ता कलवारनिर्वाचित भएका छन्। उनले५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
रसुवा । रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएका छन् । बुधबारबाट प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी भइरहेको छ । मंगलबार...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
काठमाडौं ।सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ । यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको गणतन्त्र दिवस २०७९ मुल समारोह...

एजेन्सी,   जेठ ०५, २०७९
असाम ।असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
कैलाली ।कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का खड्क रावत निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ममता प्रसाद चौधरीलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।रावतले १३ हजार १२८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी चौधरीले आठ हजार २४१...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
गोरखा । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरीविजयी भएका हुन्...

लोकसंवाद संवाददाता,   जेठ ०५, २०७९
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी गठबन्धनबाट लाभ लिएको छ । २०७४ मा स्थानीय तहमा दोस्रो भएको कांग्रेस यसपटक पहिलो शक्तिका रुपमा उदाएको छ । गठबन्धनको शक्तिमा अधिकांश स्थानमा विजयी हुँदा कांग्रेससँगै गठबन्धनमा रहेका सहयात्री दलहरुले भने गम्भीर धोका...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
सुर्खेत । कर्णाली प्रदेशका ७९ पालीकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएकाे छ । १९ पालिकाको भने...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
गोरखा । भनिन्छ, बगेको खोला फर्किँदैन।तर, गोरखामा हालसालै नवनिर्वाचित दुई जनप्रतिनिधिले भने पाँच वर्षपछि खोर्ला फर्काएका छन् । मतलब, पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच बर्ष पछि पासा पल्टाएर झोलीमा हाल्न सफल भएका छन् । यीदुई हुन्, गोरखाको...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
बारा । जितपुरसिमरा उपमहानगरपालिका १४ मा नेकपा एमालेकी उम्मेदवार चयन गुरुङको प्यानल विजयी भएको छ । सम्भवत् बारामैर जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित गुरुङले लोकप्रिय मत प्राप्त गरेकी छन्। गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हात पारेकाे छ । २ वटा वडाअध्यक्ष नेकपा एमाले र एउटामा नेपाल...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
रौतहट राजदेविको मेयर उप मेयरमैएकीकृत समाजवादीका यादव र साह विजयी रौतहट,जेठ ४ नेकपा (एकीकृत समाजवादी) ले रौतहटको राजदेवी नगरपालिकाको मेयर र उप मेयरमा भारी मतान्तरसहित जित निकालेको छ । राजदेविको मेयरमा भिखारी यादब र उप मेयरमा राज कुमारी साह निर्वाचित...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का प्रोणप्रताप केसी बिजयी हुनुभएको छ । केसीले २ हजार ५ सय भन्दा बढी मतले एमालेका अभिषेक सुवेदीलाई पराजीत गर्दै बिजयी हुनुभएको हो ।दोलखामा सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी...

लोकसंवाद संवाददाता,   जेठ ०४, २०७९
इलाम । इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीनसय २२ मत...