मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत १२, २०७६
जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले अनुगमन र निगरानी गर्न मकवानपुरका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । लकडाउनको अवज्ञा भएको र बाहिरबाट आएकाले स्वास्थ्य जाँचबिना नै घरमा जान थालेपछि जनप्रतिनिधिलाई त्यसमा सचेत हुँदै निगरानी राख्न उहाँले आग्रह गर्नुभएको हो...


लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडौँ । नेपालभर कोभिड१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग ऐन,...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडौँ । तोकिएको शर्तअनुसार काम नगरेपछि नेपाल विद्युत् प्राधिकरणले सिद्धकाली पावर लिमिटेडसँग गरिएको विद्युत् खरीद सम्झौता (पिपिए)खारेज गरिदिएको छ । वित्तीय व्यवस्थापन गर्न नसकेपछि प्राधिकरणले आज सो कम्पनीसँग गरिएको सम्झौता खारेज गरेको हो । कम्पनीले धादिङ र नुवाकोटको सीमा नजिकै...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोभिड१९ को सङ्क्रमणका समाचार सङ्कलन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि निर्देशिका जारी गरेको छ । काउन्सिलले विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडाैँ । सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ सरकारी निकाय तथा समितिलाई विपक्षी बनाएर आज अधिवक्ताद्वय माधव बस्नेत र मीरा...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडाैँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले चीनका लागि आवासीय र कोरिया तथा मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा प्रस्तावित महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सिंहदरबारमा आज बसेको बैठकले पूर्वपरराष्ट्रमन्त्री पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
डोटी । कोरोनाको सङ्क्रमण बढ्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय डोटीले आजदेखि लागू हुनेगरी नागरिकता, राहदानी सिफारिसलगायतका सेवा पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा जारी गरिएको एक सार्वजनिक सूचनामा यही चैत २१ गतेसम्मका लागि जिल्ला प्रशासन...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्न अनुरोध गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव राजेन्द्रकुमार पौडेलले आज सूचना जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड१९ ० को सङ्क्रमण फैलिन...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
रुपन्देही ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं ५ सरकारले १० करोडको नोबल कोरोना भाइरस नियन्त्रण कोष बनाउने भएको छ । प्रदेश सरकारको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेश सरकार सञ्चित कोषमार्फत बनाइने कोषमा...

लोकसंवाद संवाददाता,   चैत १०, २०७६
सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७६
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न...

लोकसंवाद संवाददाता,   चैत ०८, २०७६
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको १४औँ महाधिवेशनका लागि वितरण गरिँदै आएको क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य स्थगन भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड१९ को सङ्क्रमण बढ्दै गएको र नेपालमा पनि हुनसक्ने सङ्क्रमणलाई मध्यनजर गर्दै यही...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडौं । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् । निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अधिकांश अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ । कोभिड१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो । निगमले छिमेकी मुलुक भारतका तीनसहित छ...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडौँ । कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमणबाट बच्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सतर्कता अभियान थालेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउन र भीडभाड...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
काठमाडाैं । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले यही चैत २१ गतेसम्म सम्पूर्ण अदालत बन्द गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित न्यायाधीशको आज बसेको बैठकले दुई हप्ता बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अरु सबैको सुनुवाइ नहुने गरी सर्वोच्च अदालतसहित सबै अदालत बन्द गरिने...

लोकसंवाद संवाददाता,   चैत ०७, २०७६
राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । कोभिड १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर...

लोकसंवाद संवाददाता,   चैत ०६, २०७६
काठमाडौँ ।नेपाल प्रेस युनियनको यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको नवौँ महाधिवेशन स्थगन गरिएको छ । युनियन केन्द्रीय सचिवालयको आज बसेको बैठकले विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन...