लोकसंवाद संवाददाता, बैशाख १५, २०७७
म्याग्दी ।कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन म्याग्दीको मालिका गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा वितरण गरेको छ । उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रमअन्तर्गत पोषण सुधारका लागि २०७६ साउनयता सुत्केरी भएकालाई घ्यु, अण्डा, ज्वानो र मेथी उपलब्ध...