मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   भदौ ०३, २०७९
काठमाडौं । सामाजिक सांस्कृतिक अध्ययन मञ्चको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको भेला सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी)सम्वद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घको घटक संगठन सामाजिक सांस्कृतिक अध्ययन मञ्चको बिहीबार सम्पन्न भेलाले मञ्चलाई थप प्रभावकारी र क्रियाशील गर्ने लगायतका निर्णयहरू गरेको छ...


लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । आत्मनिर्भरताका...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौँ ।निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्यायी रुपमा सम्पन्न गर्न...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा आउनु भएको थियो । उहाँहरुबीच विशेष गरी दुई देशबीचको...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
रुपन्देही । सहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित लुम्बिनी प्रादेशिक अस्पतालको प्रसुति कक्ष भवनको हिजो बुटवलमा उद्घाटनपछि बोल्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । नेपालमा...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
नेकपा (माओवादी केन्द्र) ले गत पुसमा आठौं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशन पार्टीको सर्वोच्च अंग हो । यसबाट पार्टीका पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति चयन गरिनुपर्ने हो । तर माओवादी केन्द्रले महाधिवेशनबाट केन्द्रीय समिति मात्रै चयन गर्न सक्यो...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
धनुषा । भारतीय पर्यटक बोकेर भारत गौरव पर्यटक रेल दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ । जयनगरजनकपुरकुर्था रेलमार्गमा नियमित रेल सेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई चार बुँदे निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको...

लोकसंवाद संवाददाता,   भदौ ०२, २०७९
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)को निर्णयले २०७९ भदौ १ गते बुधबार१ सय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गर्नुभएको हो । वरिष्ठ...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, सुरक्षा निकायका...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
टेक्सास । गैरआवासीय नेपाली संघ अमेरिका अन्तराष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष सुनिल साहले गैरआवासीय नेपालीहरुलाई नेपालसँग जोड्नको लागि दोहोरो नागरिकता दिइनु पर्ने कुरामा जोड दिनु भएको छ । रिपोर्टर्स क्लब नेपाल अमेरिका शाखाद्वारा आज टेक्सासको युलेशमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । नेपाल हवाई यातायात नियन्त्रक संघले आज काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माले आज बुधबार ९१ भदौ २०७९० मा दुई वटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
खोटाङ। नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै जनता समाजवादी पार्टी परित्याग गरेकाजिल्ला समितिखोटाङका अध्यक्ष,उपाध्यक्ष सहित १२ जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा २०७९ भदौ १ गतेदेखि समाहितभएको जनाएका छन् । २०७९ भदौ १ एक प्रेस विज्ञप्ति जारी...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
युरोप । नेकपा(एकीकृत समाजवादी)को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँडगरेको जानकारी प्रचार विभाग प्रमुख शेरबहादुर परियार दिनु भएको छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका संयोजक प्रसाद शाहको अध्यक्षता तथा...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारहरूको घोषणा गरेको छ । सोमवार बसेको प्राज्ञ सभाको बैठकको निर्णयअनुसार प्रज्ञाप्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका ८ जना स्रष्टालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रज्ञाप्रतिष्ठानले...

लोकसंवाद संवाददाता,   भदौ ०१, २०७९
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको घोषणासँगै दल र नेताहरु आफूलाई सुरक्षित राख्ने दौडमा लागिसकेका छन् । केही नेताहरु केन्द्रबाट समीकरण मिलाएर चुनाव जित्ने ध्याउन्नमा छन् भने केही नेताहरु अब गाउँगाउँ छिर्न थालेका छन् ।...