मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   माघ ०७, २०७७
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।...


लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले हवाई इन्धनलाई छोडेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल तथा मट्टितेल सबैमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
नवलपरासी । जलपक्षी गणनाका क्रममा नवलपुर क्षेत्रमा पाँच प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी नदीका विभिन्न भङ्गालो र सिमसारमा गणना गरिएको थियो । गत पुस २६ देखि यही माघ १ सम्म गरिएको गणनाका क्रममा नवलपरासी...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
काठमाडौँ । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को नयाँ प्रजाति...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गर्नुभयो । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
काठमाडौँ । प्रेस सङ्गठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सहसंयोजक गणेश बस्नेतका अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
काठमाडौँ । ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने एजिङ नेपाल संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
धनुषा ।जनकपुरजयनगर रेल्वे यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो । भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
विराटनगर । ऐलोपेथिक उपचारबाट हैरान भएका मानिस होमियोपेथिकतर्फ आकर्षित भइरहेका छन् । दीर्घ किसिमका रोगले ग्रस्त भएका मानिस होमियोपेथिक उपचारबाट निको भएर सामान्य जीवन बिताइरहेको कुरा सुनेर खुशी लागेको होमियो चिकित्सक डा आविद हुसेनले बताउनुभयो । उहाँ लामो समयदेखि विराटनगरस्थित...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो । नेपालभारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुनासो...

लोकसंवाद संवाददाता,   माघ ०६, २०७७
हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त उडान शुरु गरिएको हो । नेपालगञ्जबाट...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
काठमाडौँ । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले ९आइओसी० दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । आइओसीले समस्या भएको लामो...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
तनहुँ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्वअध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्वअध्यक्षलाई...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
मोरङ । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
पोखरा । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराले नेपा मिनेरल वाटर प्रालिले वितरण गर्दै आएको प्रशोधित पिउने पानी दूषित भेटिएपछि जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ । पोखरा१८ भकुण्डेमा अवस्थित सो उद्योगबाट २०७६ साल असोज महिनामा उत्पादित...

लोकसंवाद संवाददाता,   माघ ०५, २०७७
५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । आफूविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न खोजेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा नै विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी अगामी १७ वैशाख र २७ वैशाखमा परी...

लोकसंवाद संवाददाता,   माघ ०४, २०७७
सुनसरी । गएको मङ्सिर २९ गते एकाबिहानै गहुँमा बोरिङबाट पानी लाउन घरबाट हिँडेका कोशी गाउँपालिका६ का प्रमोद यादव कहिल्यै घर फर्किनुभएन । कृषि पेशामा लागेका यादवको हात्तीको आक्रमणले ज्यान गयो । त्यसको १५ दिन नबित्दै सोही गाउँपालिका५ का मोतीलाल कामतको...