मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   साउन २३, २०७७
डोटी । पौडी खेल्ने क्रममा सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा आदर्श गाउँपालिका६ गिरीचौका खतेडा गाउँका मानबहादुर खडायतका १३ वर्षीय छोरा अर्जुन खडायत रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले जानकारी दिनुभयो ।...
लोकसंवाद संवाददाता,   साउन २३, २०७७
लोकसंवाद संवाददाता,   साउन २३, २०७७


लोकसंवाद संवाददाता,   साउन २३, २०७७
सिरहा । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
सिरहा । सिरहाको नरहा गाउँपालिका५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् । पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
जुम्ला । जनता आवास कार्यक्रमअन्तर्गत जुम्लाका आठवटै स्थानीय तहमा दतिल बस्तीका २५० घरपरिवारले नयाँ घर पाएका छन् ।कर्णाली प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति गरिब र पिछडिएका वर्ग तथा दलित समुदायका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिदिएको हो ।...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३०२०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुरचाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
टिस्टुङ । नेवार समुदायको इतिहास बोकेको परम्परागत हिलेजात्रा मकवानपुरको थाहा नगरपालिकामा रोकिएको छ । गाईजात्राको पर्सिपल्ट थाहा नगरपालिकाको घट्टेचौरमा पालुङका चार गाउँका नेवार समुदायको झाँकी, प्रहसन, रोपाइँ र नाचसहित मनाइने हिलेजात्रा यो वर्षका लागि स्थगन भएको हो । यसअघि आजका...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
लमजुङ । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङमनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका४ मा रामबजार खोलाले सडक बगाएको हो । सो खोलामा आएको...

लोकसंवाद संवाददाता,   साउन २२, २०७७
नवलपुर । मध्यबिन्दु नगरपालिकाको पनौतीको उल्टी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मध्यबिन्दु११ का ४२ वर्षीय मित्रबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाटसुस्तापूर्व)ले जनाएको छ कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले खोलाले बगाएको...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
तनहुँ । करेन्ट लागेर आज दिउँसो तनहुँमा एक युवकको मृत्यु भएको छ । व्यासनगरपालिका४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । व्यासनगरपालिका१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वल्डलिङ्कको नेट जोड्ने क्रममा उक्त...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
पर्वतको । पर्वतको मोदी गाउँपालिका६ तिलाहारस्थित रातमाटामा ट्र्याक्टर दुर्घटना हुँदा सोही ट्र्याक्टरका सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका५ बाजुङका २१ वर्षीय विजय नेपाली रहेका छन् । मोदी गाउँपालिका७ राम्जा देउरालीबाट वडा नं २ देउपुरतर्फ आउँदै गरेको...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले कृषि पेशामा किसानको आकर्षण बढाउनका लागि अगुवा कृषकमार्फत अभियान चलाउने नीति लिएको हो । नगरक्षेत्रमा रहेका अगुवा कृषकको लगत तयार गरी उनीहरुलाई कृषि अभियन्ताको रुपमा परिचालन गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिका र कृषिका...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ । हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । आफन्तको सल्लाहअनुसार नै...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
रुकुमपश्चिम । मुसीकोट नगरपालिका वडा नं ७ र ८ का सबै घरधुरी विद्युत्को पहुँचमा पुग्ने भएका छन् । हालसम्म विद्युत्को पहुँच पुग्न नसकेका दुवै वडाका टोलमा अबका केही दिनमा बत्ती बल्न लागेको छ । विद्युत् पुग्न बाँकी रहेका घरमा बत्ती...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
कैलाली । कैलालीको टीकापुर१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा समितिका संयोजक बुद्धि...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
बागलुङ । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङमा सञ्चालनमा रहेका लघु जनविद्युत् आयोजनामा क्षति पुगेको छ । पहिरोले जिल्लाको ढोरपाटन नगरपालिका६ मा रहेका खानीखोला लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । विद्युत् उत्पादनका लागि बनाइएको कुलोभन्दा १०० मिटर माथिबाट खसेको...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ । बाँदरले वर्षौँदेखि बालीनाली नष्ट गरिरहेका किसानको सजिलोका लागि बाँदर धपाउने यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । नगरपालिकाको वडा नं ५...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम...

लोकसंवाद संवाददाता,   साउन २१, २०७७
दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो । पहिराले डिआइ पाइप...