लोकसंवाद संवाददाता, माघ १९, २०७८
काठमाडौंको धोबीखोला कोरिडोरको अतिक्रमित सडकपेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा आएकी छन् । बुधबार अनामनगरबाट मन्त्री झाँक्रीको नेतृत्वमा अतिक्रमित सडकपेटी खाली गरिएको हो । मन्त्री झाँक्रीसँगै महानगरीय प्रहरी, कामपा नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सम्बन्धित कार्यालयका कर्मचारीहरूको टोलीले...