बी.एच ज्ञवाली, माघ १५, २०७६
हाम्रा प्राचीन ऋषि महर्षिहरू, वेद, उपनिषद्, गीता, पुराण आदि अनेक धार्मिक पुस्तकहरू, विश्वका अनेकौँ विद्धान् तथा महात्माहरू र अन्य धर्महरूका प्रमाणिक ग्रन्थहरूले ईश्वरलाई सर्वशक्तिमान्, मानव जातिका एक मात्र अवलम्बन तथा आधार मानेका छन् । ईश्वरको सर्वव्यापकतालाई स्वीकार गरेका पनि छन्...