मंसिर ०७, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
नेकपा एमालेको दसौँ महाधिवेशन निर्धारित समयभन्दा दुई दिनपछि सम्पन्न भएको छ । बन्द सत्रले केन्द्रीय कमिटी चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि 'इलेक्सन' भन्दा 'सेलेक्सन'को बाटोमा गएको महाधिवेशन अन्ततः सर्वसहमति जुटाउन नसकेपछि अध्यक्ष सहत केही पदमानिर्वाचनमार्फत नयाँ केन्द्रीय कमिटी...


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले एक हजार ९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा 'बादल', सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज...

न्युज कारखाना,   मंसिर १४, २०७८
एमालेको १०औं महाधिवेशनबाट भारी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका केपी ओली भन्थे-एउटै कक्षा दोहोर्याउने मेरो बानी छैन । राजकीय जिममेवारीको सन्दर्भमा उनले दिएको यो अभिव्यक्ति पार्टी सत्तामा लागू नभए पनि निवर्तमान उपाध्यक्ष भीम रावललाई भारी मतले हराउँदा पार्टीभित्र उनको एकछत्र...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई एक हजार ५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको...

न्युज कारखाना,   मंसिर १४, २०७८
साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित ४ हजार दर्शकले खल्लो...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएकाछन् । विश्वासको मत लिने प्रयोजनका लागि अहिले दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५ असोजमाराजीनामा दिएपछि...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७८
नेपालमा नेकपा एमाले बलियो सांगठनिक धरातल भएको राजनीतिक पार्टी मानिन्छ । मदन भण्डारीले पाँचौ महाधिवेशनमा अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तबाट निर्देशित एमालेको केन्द्रदेखि गाउँ तहसम्म बलियो संगठन रहेको छ । २०६४ को निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को देशब्यापी जितले...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेपाली कांग्रेस सुनसरीकाेसभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एकहजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी संस्थापन प्यानलका सञ्जयप्रसाद श्रेष्ठले एकहजार तीन सय नाै मत...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।१०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित ९जना परेका छन् । बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् । जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीन जना परेका छन् । ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन् । शंकरलाई ओलीले आफ्नो उत्तराधिकारीका रुपमा अघि बढाएकाहुन् । ओलीले शंकरकी...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
१०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेसगरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् ।उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन्...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपाएमालेका अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबार अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएपछितयारी तीव्र पारिएको छ । सबैजसो पदमा प्रतिस्पर्धा हुने...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
नेकपा एमालेका नेता टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् । चितवनको सौराहमा जारी दशौं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता र निर्वाचन हुन लागेको हो । गएराति बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्यहरूको...

लोकसंवाद संवाददाता,   मंसिर १३, २०७८
चितवन । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन ।बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको...