घनेन्द्र ओझा, चैत १६, २०७८
१०४ वर्षे जहानियाँ राणा शासनको जरो उखेलिसकेपछिको खुला राजनीतिक, सामाजिक वातावरणमा लोकतन्त्र पक्षधर, स्वतन्त्रताका हिमायती, जनअधिकारका अगुवाहरू बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल जस्ता लेखक, स्रष्टाहरूको तेज र विद्रोही मस्तिष्कबाट जन्मिएको अवधारणा हो- लोकतान्त्रिक लेखक,...