प्रज्वल अधिकारी, पुस ०४, २०७७
श्रमलाई बादल बनाइदिन्छु र, मेघसँग ठोक्काएर बर्साइदिन्छु पसिनाको झरी र, भिजाइदिन्छुकलेटी परेको धर्तीको ओठ निधारलाई फाँट बनाइदिन्छु र, मेहनतकोे कलमले देखिने गरिनै लेखिदिन्छु कर्मका सुनौला अक्षरहरू दिमागको खोपिल्टोमा बिचारको बीउ छर्छु र, हराभरा बनाउछुबाँझो मगज ओठको आँगनमा मुस्कानको फूल फुलाउँछु...